नवीना लामाको जमानीमा एकदिनमै छुटे गुण्डा नाइके दावाका ‘सहयोगी’


काठमाडौं– लुटपाट, गुण्डागर्दी र अबैध डलर कारोबारसम्बन्धी अभियोगमा पक्राउ परेका गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा एक दिनमै रिहा भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले लामालाई बिहीबार बिहान बालुवाटारबाट पक्राउ गरेको थियो। तर, राजनीतिक दबाबमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद नवीना लामाको जमानीमा उनलाई प्रहरीले बिहीबार बेलुका नै रिहा गरेको होे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी विश्वराज पोखरेलले हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी ब्यवस्था अनुसार नै सत्यमान लामालाई नवीना लामाको जमानीमा रिहा गरिएको बताए।

सत्यमान नेपाल प्रहरीको ‘क’ वर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका छन्।

प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरेपनि अन्ततः रिहा भएका हुन्।

सांसद नवीनले आफू व्यस्त भएको र गर्दै पछि कुरा गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement