काठमाण्डु – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी मस्तिष्काघात भएर अस्पताल भर्ना भएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था जटिल रहेको बताएका छन् ।
उनको उपचारमा न्युरोसर्जन डा. राजीव झाको टोली खटिएको छ । उनलाई शरीरको देब्रे भागमा समस्या भएको बताइएको छ । जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनको आकस्मिक शल्यक्रियको तयारी भइरहेको छ ।
उपचारमा चिकित्सकका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकाले जटिल शल्यक्रिया गर्न सम्भव नभएकाे बताएका छन् । डा. झाले उनको शल्यक्रिया गरेर जमेको रगत निकाल्न कठिन रहेको बताएका छन् ।
उनलाई बिहीबार राति वीर अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा रेफर गरिएको थियो ।




प्रतिक्रिया