काठमाण्डु– नेपालको सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रम नाडा अटो शो २०२५ यही भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुदैँछ ।
अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने छन् ।
यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष करण चौधरीले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
शोमा UNITREE रोबोट्स स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू,१९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ कम्पनीकाे (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) र १२५ भन्दा बढी प्रदर्शकहरू रहने छन् ।
यस्तै १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने प्रदर्शनी क्षेत्र ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुटमा रहने छ ।




प्रतिक्रिया