नाडा अटो शो २०२५ आजबाट सुरु, मुख्य आकर्षणमा उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट

नाडा अटो शो २०२५ आजबाट सुरु, मुख्य आकर्षणमा उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको भृकुटीमण्डपमा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आज (मंगलबार) देखि सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नेछन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण रहेका छन् ।

प्रदर्शनीमा टेस्ला, टाटा, सुजुकी, बीवाईडी, हार्ले डेविड्सनलगायत १०० भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू समावेश छन् ।

दैनिक १०ः३० देखि ७ बजेसम्म सञ्चालन हुने यो शो अवलोकन गर्न एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ ।

केही हप्ताअघि सम्पन्न नाइमा मोबिलिटी एक्स्पोपछि आयोजना भएको यस शोले नेपालमा तीव्र रूपमा परिवर्तन भइरहेको अटोमोबाइल प्रविधिलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।