काठमाडौं –नाडाले महानगरिय ट्राफिक प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको दिएको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा मंगलबार गएको १३ सदस्यीय प्रतिनिधिमण्डलले ट्राफिक महाशाखाका प्रमुख प्रमुख भिम ढकाललाई भेटी २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।
सो क्रममा नाडाका प्रतिनिधिमण्डलको टोली र प्रमुख ढकालबीच राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरुबारे विस्तृत छलफल भएको छ । उक्त भेटघाटमा महाशाखाका प्रमुख ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दै नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे ।
उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए ।
सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गर्नु हुदै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताए ।




प्रतिक्रिया