मधेशका स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक २ हजार भत्ता

मधेशका स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक २ हजार भत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश सरकारले स्नातक उर्तीण बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाको दरले (जीवन निर्वाह) बेरोजगार भत्ता दिने प्रस्ताव गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले राष्ट्रिय युवा नीतिले परिभाषित गरेका प्रदेश भित्रका १८देखि ३५ वर्ष उमेर समूहका १ लाख ४८ हजार बेरोजगार स्नातक उर्तीर्ण युवालाई जीवन निर्वाह गर्न बेरोजगार भत्ता दिने प्रस्ताव गरिएको बताए ।

तर अहिले मधेश सरकारलाई सर्वोच्च अदालतले दीर्घकालीन तथा नीतिगत निर्णय गर्नमा रोक लगाएको छ।

मुख्यमन्त्री यादवले भने सर्वोच्चको आदेश सकारात्मक आएमा सोही प्रस्तावलाई नीतिगत निर्णय गरी कार्यान्वयनमा लैजाने उल्लेख गरे ।

‘पढेलेखेका युवाहरू रोजगारी नपाएर गलत क्रियाकलापतर्फ गइरहेका छन्। उनीहरूलाई सही दिशामा लग्न सरकारले जीवननिर्वाह भत्ता २ हजार दिइनेछ’, मुख्यमन्त्री यादवले भने ।

यी बाहेक मधेश आन्दोलनका सहिदलाई मधेश रत्न सम्मानबाट सम्मानित गर्ने पहिलो निर्णयको कार्यविधि निर्माण प्रकियाको चरणमा रहेको मुख्यमन्त्री यादवले जानकारी दिए।

यस्तै बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुर्‍याएका किसानहरूलाई राहत स्वरूप प्रतिकट्ठा १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको मुख्यमन्त्री यादवले जानकारी गराए।

उनले डुबानमा परी धानबाली गुमाएका किसानहरूले स्थानीय तहमा क्षति विवरण दर्ता गराएपछि सोही आधारमा सरकारले राहत उपलब्ध गराउने जानकारी दिए।