नागपोखरीमा नागको पूजा (फोटोफिचर)

नागपोखरीमा नागको पूजा (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

सो अवसरमा काठमाण्डुको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको को मंगलबार बिहानैदेखि घुइँचो लागेको छ। आजै काठमाण्डुको नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ । त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दु:ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।