काभ्रे – शनिबार बेलुका प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट उनीहरुलाई ७३ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडासहित प्रहरीले बरामद गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया