काठमाण्डु-काठमाडौँ महानगरपालिकाका प्रमेख बालेन्द्र शाहले एमाले र कांग्रेसका नेताहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन् ।
एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ रुपैयाँको कार्यक्रम राख्न नमानेकोमा उनीहरूले नगरसभा नै रोकेको दाबी गरेका छन् ।
‘एमाले र कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भने,’ सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका छन्, ‘मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ ।’
उनले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान गरेको बताएका छन् ।
‘सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस तथा एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला,’ उनले भनेका छन्, ‘त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।’





प्रतिक्रिया