राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपालको औपचारिक घोषणा

राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपालको औपचारिक घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फणीन्द्र नेपालको अध्यक्षतामा शनिबार राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल नामक नागरिक समाजको औपचारिक रूपमा गठनको घोषणा गरिएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर नागरिक समाजको औपचारिक रूपमा गठन भएको अध्यक्ष नेपालले जानकारी दिए ।

‘नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर देशभरका सचेत, राष्ट्रभक्त तथा जिम्मेवार नागरिकहरुको साझा संस्थागत संरचना राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल औपचारिक रुपमा गठन तथा स्थापना गरिएको सगौरव घोषणा गर्दछौं,’ उनले भने ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र नागरिक समाजले संस्थागत संरचना केन्द्र, जिल्ला, पालिका र वडा स्तरसम्म संगठित रूपमा विस्तार गर्ने, कतैबाट निर्दिष्ट नभई कसैको दवाब र प्रभावमा नपरी स्वतन्त्र रूपमा कार्यसम्पादन गर्नेछ ।

अध्यक्ष नेपालले भदौ २३ र २४ गते जेनजीहरूले उठाएको भष्टाचार विरुद्धको आवाज र सुशासनका बारेमा जेनजीहरूसँग सहकार्य गर्ने पनि बताए ।