काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दल दर्ता गएका छन् ।आइतबार निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गएका हुन् ।
निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ। पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्।
प्रसाईं पार्टीको मुख्य व्यक्तिमा रहेका छन् भने माधव खतिवडा (कल्पित) सभापति रहने छन् । पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। यस्तै पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर रहेका छन्।
यस्तै सदस्यहरूमा रामकुमार कार्की, ,लुजा राई, रेनुकादेवी खरेल, तुलसाकुमारी खत्री,राजेन्द्रबहादुर दमाई,बिजय थापा, पुष्पराज भण्डारी, तेजेन्द्र रायमाझी, हरदेव महत्तो,बलबहादुर तामाङ,नवराज दुलाल, दानुमाया थापा, प्रविन लामा, शक्तिराज शाही,दिवाकरमान सिंह बस्नेतकमला माया क्षेत्री, रेणु हमाल शाही, सुरेन्द्रकुमार कार्की, दीनेश पाख्रिन, राजु श्रेष्ठ रहेका छन् ।




प्रतिक्रिया