नागरिक उन्मुक्तिका सांसद काठमाण्डुमै, प्रदेशसभाको बैठक ४ बजेसम्मका लागि सर्यो

नागरिक उन्मुक्तिका सांसद काठमाण्डुमै, प्रदेशसभाको बैठक ४ बजेसम्मका लागि सर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेशसभाको बैठक साँझ ४ बजेसम्मका लागि सरेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको बठक साँझ ४ बजे बस्ने भएको हो । नागरिक उन्मुक्ति पार्टीका सांसद भने काठमाण्डुमै छन् ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग पूरा नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान कायम रहेको बताएकी छन् ।