नागरिक उन्मुक्ति विवादको प्रभाव :सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्ति विवादको प्रभाव :सांसद गिरी पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली-  नागरिक उन्मुक्ति पार्टीका सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । नागरिक उन्मुक्ति पार्टी(नाउपा) भित्र बिवादका कारण उनको पद गएको हो । सुदुरपश्चिम प्रदेश सरकारका सभामुख भीम भण्डारीले सोमबार सांसद गिरी पदमुक्त भएको सूचना टांसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिका सांसद गिरीलाई फिर्ता बोलाएको पत्र प्रदेशसभामा दर्ता गरेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना जारी गरेका हुन् ।