नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छोड्ने

नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छोड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आजै सरकार छोड्ने भएको छ ।

पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि नाउपाबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका अरुण चौधरीले आजै राजिनामा दिने भएका हुन् ।

अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको जानकारी दिइन् ।

यस्तै उनले चौधरी छिट्टै छुट्ने बताइन् । ‘रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,’ उनले भनिन्

बुधबार घोषणसभा स्थल प्रज्ञा भवन परिसरबाट चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रमनै स्थगित भएको छ ।

पक्राउ परेका रेशम चौधरीलाई हाल डिल्लीबजार कारागार राखिएको छ।