राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पुन जस्ताको त्यस्तै पारित भएको छ ।

विधायन व्यवस्थापन समितिमा आवश्यक छलफलपछि राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई शुक्रबार बसेकाे राष्ट्रियसभाको बैठकले  बहुमतले पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका थिए ।

उक्त विधेयक यसअघि प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो ।

राष्ट्रियसभाले उक्त विधेयकलाई छलफल गर्नका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पेस गरेको थियो । समितिमा दुई दिन छलफल गरेर उक्त विधेयक जस्ताको त्यस्तै पारित भएर बैठकमा पेस भएको थियो ।