महोत्तरी – महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ ।
शनिबार राति नगरपालिकाकी उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो । तोडफोडबाट राजपाको नेता ज्ञानु झा घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।




प्रतिक्रिया