जाइकाको ऋण सहयोगमा बन्दै नौबिसे-नागढुंगा सुरुङमार्ग

जाइकाको ऋण सहयोगमा बन्दै नौबिसे-नागढुंगा सुरुङमार्ग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— नौबिसे—नागढुंगा सुरुङमार्गको निर्माण जापानी सहयोग नियोग (जाइका) को सहुलीयत ऋण सहयोगमा हुने भएको छ। यो सुरुङमार्ग बनेमा
राजधानी भित्रिसहज हुने छ।

संसदको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्गको निर्माण चाँडै नै सुरु हुने बताए। अब जाइकाबाट अन्तिम निर्णय आउनासाथ काम अघि बढ्ने उनले बताए।

४० महीनामा सम्पन्न गर्ने गरी छलफल भइरहेकामा सरकारले दुई वर्षभित्रै सम्पन्न गर्न जाइकालाई आग्रह गरेको उनले जानकारी दिए।
सरकारले विभिन्न स्थानका सुरुङमार्ग निर्माणका लागि एकमुष्ठ ५९ करोड विनियोजन गरेको उनको भनाइ थियो ।