नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, कुन गाडीले कति तिर्नुपर्छ ?

नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, कुन गाडीले कति तिर्नुपर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डु आउँदा र काठमाण्डुबाट जाँदाको फरक फरक दस्तुर निर्धारण गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार कार र भ्यानहरूको काठमाण्डु आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यस्तै मिनी बसरट्रकको काठमाण्डु आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाण्डु आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ ।

यस्तै भारी उपकरणको काठमाण्डु आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उनले बताए । सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँदैन ।

यस्तै सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति स्वीकृत गरेको छ।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटी व्यावसायिक प्रशिक्षक केन्द्र, बुटवल र व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीको लागि आर्थिक वर्ष ०८२–०८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय