रास्वपाले निलम्बन गर्‍यो बझाङ जिल्ला संयोजक खड्कालाई

रास्वपाले निलम्बन गर्‍यो बझाङ जिल्ला संयोजक खड्कालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको जानकारी दिए।

ढकालले भने, ‘पत्रकारमाथी हातपात गरेको भनि आएका बझाङका सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ।’ खड्कामाथि अनुशासन समितिले थप अनुसन्धान गरिरहेको पनि उनले बताए। अनुसन्धान अनुसार पछि आवश्यक कारबाही गरिने पनि उनले बताए।

रास्वपा बझाङ संयोजकसमेत रहेका होटल होलिडे इनका सञ्चालक खड्काको निर्देशनमा पत्रकार सुनिल मण्डेललाई साउन ८ गते निवासबाटै अपहरण गरी बन्दी बनाएर आक्रमण गरेको आरोप थियो।