काठमाण्डु – नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश हुने बाटो खुलेको छ । प्रस्तावित न्यायाधीश सुवेदीको सिफारिसविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने बाटो खुलेको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै न्यायपरिषद्लाई विपक्षी बनाइ निर्णय बदरको माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए । भण्डारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजप्रसाद केसीको एकल इजलासले रिट नै खारेज गर्ने आदेश गरेको हो ।
न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो । सुवेदीको सर्वोच्च अदालत बार एशोसियसनले नै पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो ।




प्रतिक्रिया