गृहमन्त्रीको निर्देशनपछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

गृहमन्त्रीको निर्देशनपछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । आज रुपन्देहीको भैरहवाबाट महरा पक्राउ परेका हुन् ।

उनलाई काठमाण्डु ल्याउन लागिएको छ । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै महरा पक्राउ परेका हुन् ।