नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकुको मृत्यु

नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकुको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर ३१ जनाको ज्यान गएको छ । सुरक्षा कारबाहीमा परेर ३१ जना बोको हरामका लडाका मारिएका त्यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकाहरुमाथि सो कारबाही गरेका हुन् । कारबाहीका क्रममा अरु ७० जना लडाकु पक्राउ परेको र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको बताइएको छ ।

सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा त्यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको हो ।

यसक्रममा बोको हरामका केही लडाका घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नाकको एक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।