सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा २ विधेयक प्रमाणीकरण

सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा २ विधेयक प्रमाणीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशमा २ विधेयक प्रमाणीकरण भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले आईतबार दुवै विधेयक प्रमाणीकरण गरेका हुन् ।

‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर शुक्रवार प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययनपछि आईतबार प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।

विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुनेछ । त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुनेछ ।

आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानूनी आधारमा खर्च गर्न अनुमति दिने छ भने सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानूनी आधार तयार गर्नेछ ।