नख्खु बम कान्डको आरोपमा विप्लवका ब्यूरो सदस्य पक्राउ

नख्खु बम कान्डको आरोपमा विप्लवका ब्यूरो सदस्य पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरी बम विस्फोट घटनामा संलग्नताको आशंकामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका व्यूरो सदस्य केदार खतिवडालाई बुधबार प्रक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता केदार खतिवडालाई दरबारमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खतिवडा नेकपाका ब्यूरो सदस्य हुन् । बम विष्फोटमा संलग्नतासहित विभिन्न चन्दा आतंकमा पनि संलग्न रहेको पाइएको प्रहरी स्रोतले जनायो । नख्खुमा भएको बम बिस्फोटमा एक जनाले ज्यान गुमाएका थिए भने दुई जना घाइते भएका थिए ।