नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप


काठमाण्डु – ललितपुरस्थित नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ । नख्खु कारागारमा कार्यरत प्रहरी निरीक्षक पुरुषोतम थपलियाका अनुसार कारागारको नयाँ ब्लकमा कैदीबन्दीहरुले नारा लगाएसँगै झडपको स्थिति सिर्जना भएको हो ।

नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेका हुन्।कारागार प्रशासनका एक कर्मचारीका अनुसार बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो । झडपमा दर्जनभन्दा बढी कैदीहरु घाइते भएको र झडपलाई नियन्त्रणमा लिएकाे छ । अहिले झडपबारे कारागारका अधिकारीहरु छलफलमा रहेको शाखा अधिकृत्त मुरारी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement