कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्न नख्खु कारागारमा पुस्तकालय

कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्न नख्खु कारागारमा पुस्तकालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं-  ललितपुरस्थित नख्खु कारागारमा लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको छ ।

कैदीलाई अध्ययन गर्न सजिलो बनाउन तिनै ठाउँमा स्थापना गरिएको पुस्तकालयको कारागार प्रमुख सुरेन्द्र पौडेलले बिहीबार उद्घाटन गरे । ती पुस्तकालयमा राजनीतिक, सममामयिक, सामाजिक गरी तीन हजारका दरले करीब ९ हजार पुस्तक रहेको कारागारका सूचना अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

कैदीबन्दीमा सकारात्मक सोचको विकास होस् भन्ने अभिप्रायले पुस्तकालय स्थापना गरिएको कारागार प्रमुख पौडेलले बताए । पुस्तकालयमा एकै पटकमा ५० जना बसेर पत्रपत्रिका तथा पुस्तक अध्ययन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

यसैगरी कारागारका तीन वटै ब्लकमा आयआर्जन तथा सीप विकासको लागि गलँैचा उद्योग स्थापना गरिएको छ । उद्योगमा कैदीले गलैँचा तयार पारेबापत पारिश्रमिक पाउने गर्दछन् । यसअघि कैदीले ज्याकेट, टोपी, गलबन्दी, मुडा बनाएर आयआर्जन गरिरहेका थिए । नख्खु कारागारमा हाल ३७ प्रकारका विभिन्न अपराधमा स्वदेशी विदेशीगरी एक हजार ५५० कैदीबन्दी छन् ।