आङटावाले पैसा लिएको भन्दै ५ जनाले दिए जाहेरी

आङटावाले पैसा लिएको भन्दै ५ जनाले दिए जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने संघारमा थप पाँचजना पीडितहरुले प्रहरीमा जाहेरी दिएका छन् । दोलखाबाट आएका पिडितहरुले पूवसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

आङ्टावाले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग ६/६ लाख लिएको पिडितहरुको दावी छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलार्ई पनि समावेश गरेको छ । प्रहरीले सकेसम्म आजै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ ।