काठमाण्डु – डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्सालको तरकारी बजारमा क्यू आर कोडबाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलपूmल तथा तरकारी खरिद गर्दा क्यू आर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरेका हुन् । यस तरकारी बजारमा अपवादबाहेक सम्पूर्ण पसलहरुमा क्यू आर कोडबाट भुक्तानी गर्न सकिनेछ ।
डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बंैकिङ्गको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको बताइएको छ ।
कार्यक्रममा नेपालराष्ट्र बैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि फोनपे सञ्जाल अन्तर्गतका क्यू आर कोडबाट भुक्तानी गरी डिजिटल बंैकिङ्गको अनुभव लिएका छन् । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्यू आर कोड वितरण गरेको थियो । त्यसैगरी भायनेट कम्युनिकेशनद्वारा निःशुल्क वाईफाईको व्यवस्था गरेको छ ।
खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यू आर कोडबाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।




प्रतिक्रिया