बनेपा–ताथली सडक पुनः अवरुद्ध

बनेपा–ताथली सडक पुनः अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । ह्युमपाइप राखेर आइतबारबाट सञ्चालनमा आएको सो सडक पुनः अवरुद्ध भएको छ ।

अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्दा शुक्रबार भाँसिएको पुलमा अस्थाई ह्युमपाईप राखेर सञ्चालन गरिएको थियो । तर आइतबार साँझ परेको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको हो ।

नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक काठमाण्डुको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ ।

स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।