नलगाड आयोजनाको मुआब्जामा चलखेल गर्न दिदैनौं : मन्त्री बस्नेत

नलगाड आयोजनाको मुआब्जामा चलखेल गर्न दिदैनौं : मन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा अनियमितता गर्न  खाेज्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन (ईआईए)बारे छलफल गर्न राजधानीमा आयोजित सरोकारवाला सहभागी गोष्ठीमा बोल्दै मन्त्री बस्नेतले ४ सय १७ मेगावाट क्षमताको निर्माणाधिन आयोजनामा सहयोग गर्न जिल्लाबासीलाई अपिल गर्दै आयोजनाको काममा भाँजो हाल्ने नियतका साथ गरिने गतिविधि सहृय नहुने चेतावनी दिए ।

‘प्रभावित क्षेत्रका बासिन्दाहरुको जायज मागलाई संघ, प्रदेश र स्थानीय सरकार तयार छ र हुनुपर्छ, त्यसमा मेरो तर्फबाट सबै प्रयत्न हुनेछ, तर विकासका काममा अवरोध हुने गरी अनुचित फाइदा लिन खोज्ने प्रवृत्ति स्वीकार्य छैन’ उनले भने ।

सरकारलाई गुमराहमा राखेर मुआब्जा लिनका लागि बाहिरबाट गएर केही अवाञ्छित व्यक्तिले आयोजना प्रभावित क्षेत्रमा जग्गा गरिद गरेको सूचना आएको भन्दै मन्त्री बस्नेतले त्यसबारे छानबिन गरेर कारबाही हुने बताए । नलगाड जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका जायज आकांक्षा र गुनासो सम्बोधन गरिने उनले आश्वासन दिए ।