नमस्तेको नेटवर्क सिग्नल छ तर फोन गर्दा लाग्दैन


सुर्खेत  – नलगाड नगरपालिकाका –८ जाजरकोटकी विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेनबाट फोन गर्दा हैरान भएको छ । उनको मोवाइलमा नमस्तेको नेटवर्क छ सधै आउछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको खत्रीले बताइन् ।

नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने , फोन डाइल गर्न वित्तिकै नलाग्ने समस्यले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाइन् । एनसेल महँगो छ तर राम्रो कुरा अवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ उनले थपिन ।

उनी जस्तै नलगाड नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाइ समेत फोन नलाग्ने र लागेपनि नबुभझिने समस्यले गर्दा दिक्क लागेको छ । फोनमा समस्य आएको कुरा नेपाल टेलिकमलाइ जानकारी पनि गराएको छ तर , टेलिकमले त्यो गुनासो सुनेपनि नसुनेझै भएको छ ।

फोर जी सेवा विस्तार सँगै फोनमा समस्य आएको सेवाग्रहीको गुनासो रहेको छ । विहान र बेलुकी मात्र थोरै भएपनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरु हैरान भएको नलगाड –८ कै फत्तबहादुर खत्रीले जानकारी दिए । यो समस्य भएको दुइ महिना बढी भैइसकेको तर सुनुवाइ नभएको बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाहीले जानकारी दिए ।

सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उत्ता रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्य आउदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।

पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छोडेको सर्वसाधारणहरु बताउँछन् । फोनमा हेलो हेलो गर्दा गर्दै फोन कट्दा आफूहरु निकै समस्यामा परेको जाजरकोट नलगाड नगरपालिकाबासीको गुनासो रहेको छ ।

जाजरकोटको अधिकांश ठाउँमा नेपाल टेलिकमको टावरहरु रहेपनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिकहरु पीडा सुनाउछन् । वर्षामा आकाशमा बादल देखिन बित्तिकै टावर बन्द हुने , हिउदमा फोन नै नबुझिने समस्यले गर्दा आफूहरु हैरान भएको बारेकोट –४ का जयलाल बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement