मणिपुरमा सीआरपीएफ जवानले २ सहकर्मीको हत्या गरि आफूले गरे आत्महत्या

मणिपुरमा सीआरपीएफ जवानले २ सहकर्मीको हत्या गरि आफूले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको मणिपुरको एक सीआरपीएफ जवानले गोली  हानी आफ्ना २ सहकर्मीको हत्या गरि आफूले आत्महत्या गरेका छन् ।

बिहीबार राति ८ बजेतिर इम्फाल पश्चिम जिल्लाको लामसाङमा रहेको सीआरपीएफ क्याम्पभित्र ती जवानले गोली चलाउँदा २ जनाको घटनास्थलमै मृत्यु भएको मणिपुर प्रहरीले जनाएको छ।

पछि, उनले पनि आफैले बोकेको बन्दुकले गोली  हानेर आत्महत्या गरे। कर्मचारीहरू एफ–१२० कोय सीआरपीएफका थिए। ‘प्रहरी र सीआरपीएफका वरिष्ठ अधिकारीहरू घटनास्थल पुगेका छन्,’ मणिपुर प्रहरीले ‘एक्स’ मार्फत जानकारी दिएको छ।

घटनामा अन्य ८ जना घाइते भएका छन् ।