मिस वर्ल्डमा नम्रता सहभागी हुने, मागिन भोट


काठमाण्डु – मिस वर्ल्डको मिस पपुलर च्वाइसका लागि भोटिङ खुला भएको छ । डिसेम्बर १६ मा अमेरिकामा आयोजना हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट नम्रता श्रेष्ठ सहभागी हुनेछिन् । उनले मिस नेपाल वर्ल्ड २०२० जितेकी थिइन् ।

भोटिङ खुला भएसँगै उनले आफ्ना शुभेच्छुकसँग भोट मागेकी छन् । मिस नेपाल वर्ल्डको आयोजक द हिडेन ट्रेजर र नम्रता दुवैले सामाजिक सञ्जालमार्फत् भोट मागेका हुन् ।

नम्रतालाई भोट हाल्न मबस्टार एप डाउनलोड गरेर नम्रताको फोटोहरुमा लाइक र कमेन्ट गर्नुपर्ने हुन्छ । प्राप्त लाइक र कमेन्टकै आधारमा नम्रताले अंक पाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement