यौन उत्पीडनको आरोप लागेका नाना पाकेटरले पाए सफाई


एजेन्सी – यौन उत्पीडनको आरोप लागेका बलिउड अभिनेता नाना पाटेकरले सफाई पाएका छन् । मुम्बई प्रहरीले आफ्नो रिपोर्टमा प्रमाण नभेटिएका कारण पाटेकरलाई सफाइ दिएको बताएको छ । बलिउड अभिनेत्री तनुश्री दत्ताले नाना पाकेटरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

पाटेकरलाई प्रहरीले उन्मुक्ति दिएपछि तनुश्रीले प्रहरीदेखि लिएर कानुनी व्यवस्था नै भ्रष्ट भएको प्रतिक्रिया दिएकी छन् । उनले भ्रष्ट कानुनी व्यवस्थाले आफू भन्दा पनि भ्रष्ट व्यक्तिलाई बचाइरहेको बताइन् ।

उनले अभिनेता नाना पाटेकरले उनलाई मात्र नभई बलिउडका अन्य अभिनत्रीलाई समेत दुर्व्यवहार गरेको बताइन् । उनले प्रहरीले झूठो प्रमाणका आधारमा मुद्धालाई कमजोर बनाएको आरोप लगाएकी छन् । उनले आफ्ना प्रत्यक्षदर्शीहरू सबैको बयानसमेत नलिइ प्रहरीले हतार हतार रिपोर्ट पेस गरेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement