खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके– कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताएका छन्।

नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे।

उनले भने, “नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।” निर्धारित समयमै खेलकूद सम्पन्न गरेकामा सरकारप्रति धन्यवाद ज्ञापन गर्दै उनले बाँकी रहेका पूर्वाधार सम्पन्न गर्नका लागि पनि अनुरोध गरे।

उनले बाँकी रहेका भौतिक पूर्वाधारका काम सम्पन्न गर्दै १३ औँ दक्षिण एशियाली खेलकूदको तयारीमा जुट्न आग्रह गरे।

कावा राष्ट्रपति पुनले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा आयोजकलाई धन्यवाद पनि दिए।
यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति पुनले गरेका हुन्।