नापी कार्यालय साँखुका २ जना कर्मचारी घुससहित पक्राउ

नापी कार्यालय साँखुका २ जना कर्मचारी घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नापी कार्यालय साँखु, काठमाडौंका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् । नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका हुन् ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

उक्त घुस रकमसहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले शुक्रबार जानकारी दिए ।