विदेश विभाग गठनमा माओवादीमा विवाद, विभागको नेतृत्व नपाएकोमा नारायणकाजी असन्तुष्ट

विदेश विभाग गठनमा माओवादीमा विवाद, विभागको नेतृत्व नपाएकोमा नारायणकाजी असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्रमा पार्टीको विदेश विभाग गठनको विषयलाई लिएर बिवाद सुरु भएको छ । विभागका प्रमुख राम कार्कीले विभागको पूर्णताका लागी नाम तयार पारेका छन् । तर, त्यस पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । माओवादीमा पहिलो पटक कार्कीले विदेश मामिलाका जानकारहरुलाई राखेर विदेश विभाग गठन गरेका थिए । श्रेष्ठले गठन गरेको विभागमा यसअघि आफ्नो सचिवालयका सदस्य र गुटका नेताहरुलाई राखेका थिए ।

कार्कीले विदेश विभागमा पुर्व मुख्यसचिव लिलामणी पौडेल, पुर्व राजदूतहरु महेश मास्के, युवनाथ लम्शाल, राममणी पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह र लक्की शेर्पा लगायतलाई समेटेर ३१ सदस्यीय विभाग बनाएका थिए । शेर्पामाथी मानव तस्करीमा संलग्न रहेको आरोप लागेर अष्ट्रेलियाबाट फिर्ता गरिएको थियो भने पौडेललाई सरकारलाई सहयोग नगरेको भन्दै समयाअवधी अघि नै फिर्ता बोलाइएको थियो ।

श्रेष्ठलाई यसअघि बसेको बैठकले पार्टी प्रवक्ता र विदेश विभागबाट हटाएर प्रवास क्षेत्रको इन्चार्ज बनाएको थियो । श्रेष्ठ आफुलाई विदेश विभाग नदिएको भन्दै असन्तुष्ट छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो । पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

पुर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठ पछिल्लो समय उपप्रधानमन्त्री लिएर सरकारमा जाने कोशिसमा थिए । तर, उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै पठाउन चाहेका थिएनन् । पार्टीमा समेत उनलाई भुमिकाविहिन बनाइएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले कार्कीलाई विदेश विभागको प्रमुखको साथै प्रदेश १ को इन्चार्ज समेत बनाएको थियो । उनि माओवादीमा यसअघि पनि विदेश विभागको प्रमुख थिए । तर, पछिल्लो समय श्रेष्ठले आफुलाई जसरी पनि विदेश विभाग चाहियो भन्दै अध्यक्ष दाहालसंग असन्तुष्टि पोखिरहेको बताइन्छ ।