‘मान्छे मार्न पाइँदैन, गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा दिनुपर्छ’


काठमाण्डु- नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै एमालेका सांसद राजेन्द्र राईले बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

 ‘तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने । राजीनामा नदिए सरकारले अहिले बनाएको जाँचबुझ आयोग पनि काम गर्न नसक्ने उनको भनाइ छ ।

सोही बैठकमा बोल्दै रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताए । ‘तपाईँलाई म स्पस्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्यो’, उनले भने । गत शुक्रबार भएको बालकुमारी घटनामा प्रहरीको गोली र पिटाइबाट दुई युवकले ज्यान गुमाएका थिए

प्रतिक्रिया दिनुहोस
Advertisement