राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा ४ विधेयक प्रमाणित

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा ४ विधेयक प्रमाणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् ।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि मंगलबार राष्ट्रपतिकहाँ पठाइनेछ ।

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, विद्युतीय व्यापार विधेयक २०८०, विधायन सम्बन्धी विधेयक २०८०, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ प्रमाणित गरिएका छन् ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ ।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रूपमा लागू हुन्छ ।