काठमाण्डु- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताएका छन् ।
आइतबारगृह मन्त्रालयले आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै उनले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
“महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,” उनले भने । महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठिले आफूलाई थप हौसला पुगेको उनको भनाइ थियो ।




प्रतिक्रिया