नारायणकाजीको प्रस्तावः ‘तुम शेर तो, हम सवा शेर’ नगरौं, वाम एकता गरौं

नारायणकाजीको प्रस्तावः ‘तुम शेर तो, हम सवा शेर’ नगरौं, वाम एकता गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरूबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाण्डुमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वामपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।

‘बामपन्थी शक्तिहरू दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रकृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरू एक हुनुपर्छ, बामपन्थीहरूको तालमेल र मोर्चा गर्न जरुरी छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरू बिचको तालमेलका लागि आग्रह गर्दछु ।’