काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय सभाको आईतबारको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन् ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्या लगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफ दिन उनले निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेश गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।




प्रतिक्रिया