प्रचण्डको भाइ भएकै कारण कति अवसर गुमाए, अब समृद्धिको पक्षमा लाग्छु : दाहाल

प्रचण्डको भाइ भएकै कारण कति अवसर गुमाए, अब समृद्धिको पक्षमा लाग्छु : दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् ।नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका दाहालले सपथ ग्रहणपछि बोल्दै सो प्रतिवद्धता जनाएका हुन् ।

उनले सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पनि आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने बताए । त्यस्तै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ भएकै कारण आफुले योग्यता अनुसारको अवसर गुमाएको गुनासो गरे ।

उनले प्रचण्डको परिवारको सदस्य भएकाले भन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरे । दाहाल पुनर्स्थापित संसद्मा माओवादीकातर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए ।