प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनित

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् । यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

माओवादीभित्र प्रचण्डबाट बढी अवसर पाउने नेतामा उनी पर्छन् । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।