भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्दैनन् : गृहमन्त्री श्रेष्ठ

भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्दैनन् : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने बताएका छन् ।

आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै उनले निर्दोष नफस्ने र दोषी नछुट्ने बताएका हुन् ।

तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको गृहमन्त्री श्रेष्ठको भनाइ छ । ‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाउँदै विदेश पठाउने षड्यन्त्र गरी पैसा र सम्पत्ति आर्जन गर्ने काम भयो, त्यसमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडी बढाएर कानूनको दयरामा ल्याउने प्रक्रिया अघि बढाएका छौं। कोही निर्दोष फस्ने छैन, कुनै दोषीले छुटकारा पाउने छैनन् ।’, उनले भने ।