शरणार्थी प्रकरणमा अनुसन्धान जारी छः गृहमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणमा अनुसन्धान जारी छः गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको छलफलमा उठेका प्रश्नको आइतवार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री श्रेष्ठले शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको र माणका आधारमा थप कारवाही अगाडि बढ्ने बताएका हुन् । नक्कली शरणार्थी प्रकरणमा मन्त्रालयले ठोस पहलकदमी लिएका कारण केही पात्र जेलमा पुगिसकेको उनको भनाइ छ ।

‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रूपमा पठाउने जुन प्रवृत्तिले काम गरिरहेको थियो, त्यसको अनुसन्धान गर्दै कानूनको दायरामा ल्याउने काम भएको छ । ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध र कीर्ते काम गर्ने यस प्रकारका गतिविधिलाई पूरै दण्डित गर्नका लागि ठोस पहलकदमी लिएको अवगतै छ । केही पात्रलाई अभियोजन प्रक्रिया अगाडि बढेको छ । केही अनुसन्धानको प्रक्रिया अझै अगाडि बढिरहेको छ । तथ्य र प्रमाणका आधारमा थप काम कारवाही अगाडि बढ्ने प्रस्ट छ ।’, उनले भने ।