भ्रष्टाचारविरोधी अभियान रोक्न नयाँ प्रकारको षड्यन्त्र भइरहेको छ: गृहमन्त्री श्रेष्ठ


काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियान रोक्न अनेकौँ षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान रोक्न अनेकौँ षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो शर्त सुशासन भएको बताएउदैँ भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको उल्लेख गरे ।

‘अहिलेको सरकारले समृद्धिको अभियानको लागि भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको छ। सुशासनको अभियान अगाडि नबढोस्, फेरि तैँ चुप मैचुप होस्, जस्तो पहिला थियो अहिले त्यस्तै यथास्थिति कायम होस्। पद मात्रै खाएर बसिराखोस् नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन्।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement