छड्के चेकिङ गरेर फर्किएपछि उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्: केही समय पर्खिनुहोस्


काठमाण्डु- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार एकान्तकुनाको यातायात कार्यालयमा छड्के चेकिङ गरेर फर्किएका छन् ।

कार्यलय गएको तेस्रो दिन उनी एकान्तकुनाको यातायात कार्यालयमा छड्के चेकिङमा पुगेका थिए । मंगलवार बिहान कार्यालय खुल्नेबित्तिकै एकान्तकुना पुगेका मन्त्री श्रेष्ठले त्यहाँ भइरहेको सेवा प्रवाह, सेवाग्राहीको गुनासो आदि विषयमा जानकारी लिएर त्यहाँबाट फर्किएका हुन् ।

त्यहाँबाट फर्किएपछि मन्त्री श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताए । ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’, उनले भने ।

समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्न आफूले छड्के चेकिङ गरेको मन्त्री श्रेष्ठको भनाइ छ । यी समस्या समाधान गर्न केही समय लाग्ने उनले बताए । ‘हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।,केही समय मात्र पर्खिनुहोस्।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement