काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकराले कृषि ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमा उनले कोरोना भाइरसपछिको अवस्था भयावह हुने भन्दै सरकारलाई सावधानी अपनाउन सुझाव दिएका छन् ।
‘कोभिड–१९पछिको स्थितिमा रोजगारी, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रमा ध्यान केन्दृत गर्नुपर्ने आवश्यकता छ । यसो गर्न सकेनौ भने हामी बर्बाद हुनेछौं’, उनले भने ।
त्यस्तै उनले करीब १५ लाख थप श्रमिकलाई कृषिमै लगाउनु पर्ने बताएका छन् ।
‘तर अहिले नै मलको हाहाकार छ । मकैमा किराको प्रकोप छ ।सरकारले समग्र तयारी गरौं’, उनले भनेका छन् ।




प्रतिक्रिया