सरकारमाथि नेकपा प्रवक्ताको आक्रोशः असह्य भयो, न्याय स्थापित होस्

सरकारमाथि नेकपा प्रवक्ताको आक्रोशः असह्य भयो, न्याय स्थापित होस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायालयमाथि नै प्रश्न उठ्नु दुःखद भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा गरिएको निर्णयको विरोध गरेका हुन् ।

सर्वोच्चका अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती हत्या आरोपमा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई थुनामुक्त गरेपछि उनको यस्तो असन्तुष्टी बाहिरिएको हो ।

‪‘के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ ?’, उनले भने ।

त्यस्तै उनले बास र छाक टार्ने समस्याबाट पीडित गरीब चेपाङ युवाको नेपाली सेनाबाट हत्या र सुकुम्बासी बस्तीमा आगो लगाएको विषयमा पनि उनले प्रश्न उठाएका छन् ।

‘बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ ? सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ ? हद भयो ,असह्य भयो’, उनले भनेका छन् ।

त्यस्तै उनले न्याय स्थापित गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् । प्रवक्ता श्रेष्ठले लोकतन्त्रलाई ब्यबहारतः अभ्यास गर्न पनि सुझाव दिएका छन् ।

‘न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्ग हरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारतः अभ्यास गरौं र बिकास गरौं ’, उनले भने ।

त्यस्तै नेता श्रेष्ठले यस्ता गम्भीर विषयबारे समयमा सचेत नभए स्थिति भयावह हुने चेतावनी दिएका छन् ।

‘अन्यथा निरासा, आक्रोस, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोचौं । परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ’, उनले भनेका छन् ।